सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने नाराका साथ कचौरामा (Singing Bowl) बुट्टा लेख्ने तालिम आयोजना हुने हुँदा इच्छुक महानुभावहरुले छिट्टै सम्पर्क गर्नु होला । तालिमका निम्न विषेशताहरु रहेका छन् ।
१. दुई हप्तामा नै आधारभूत लेखन सीप सिक्न सकिने ।
२. आधारभूत सीप बाट काम गर्न सकिने ।
३. आफ्नो समयमा काम गर्न सकिने ।
४. काम गर्दै एडभान्स सीप सिक्न सकिने ।
तालिमको लागि आबश्यक सामाग्रीहरुः
१. ढलौटको कचौरा १ थान
२. ब्रस ४ आइटमको १।१ थान
३. एप्रोन १ थान
४. कालो रंग बनाउने सामाग्रीहरु
५. मट्टितेल ५ लिटर
६. कटन कपडा १ मिटर
यदि तपाई तालिम लिन इच्छुक हुनु हुन्छ भने आजै सीट सुरक्षित गर्नुहोस् । समूहमा ५ जना भन्दा बढी मिलेर आउनु भएमा विशेष छुटको ब्यवस्था गरेको छ ।
सम्पर्कको लागि हाम्रो ईमेल अथवा फोनमा सम्पर्क गर्न सक्नु हुनेछ ।